Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्री प्रचण्डको चितवन प्याकेजः नारायणी नदी तटबन्धन गरी चक्रपथ निर्माणदेखी पार्किङसहितको सब्जीमण्डी सम्म (पूर्णपाठसहित) – Gaule Khabar

प्रधानमन्त्री प्रचण्डको चितवन प्याकेजः नारायणी नदी तटबन्धन गरी चक्रपथ निर्माणदेखी पार्किङसहितको सब्जीमण्डी सम्म (पूर्णपाठसहित)

प्रधानमन्त्री प्रचण्डको चितवन प्याकेजः नारायणी नदी तटबन्धन गरी चक्रपथ निर्माणदेखी पार्किङसहितको सब्जीमण्डी सम्म (पूर्णपाठसहित)

चितवन, माघ २६–

प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकास लागि समग्र प्याकेजको घोषणा गर्नुभएको छ ।
चितवन उद्योग संघको अगुवाईमा निर्माण हुन लागेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रको शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले चितवन विकास निर्माणको प्याकेज घोषणा गर्नुभएको हो । गृह जिल्ला चितवनको विकासबारे प्रधानमन्त्री दाहालले यसअघि नै वृहत प्याकेज घोषणा गर्ने जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री दाहालले घोषणा गर्नुभएको विकासको प्याकेज यस्तो छः

१.नेपालको आर्थिक विकासमा योगदान पु¥याउने महत्वपूर्ण माध्यम औद्योगिक प्रदर्शनी केन्द्रहरु हुने सन्दर्भमा यसको शिलान्यास गर्न पाउँदा अत्यन्त खुशी लागेको छ ।
२. म यो औद्योगिक प्रदर्शनी केन्द्र चितवन जिल्लालाई औद्योगिक नगरी बनाउने सन्दर्भमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै यसको निर्माण कार्य तोकिएको समयमा सम्पन्न भई छिट्टै सञ्चालनमा आओस् भन्ने शुभकामना समेत दिन चाहन्छु ।
३.अबको नेपालको प्रमुख एजेण्डा भनेको आर्थिक सम्वृद्धि नै भएको सन्दर्भमा मुलुकका तुलनात्मक लाभका क्षेत्रहरुमा सघन रुपमा लगानी बढाई कूल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउने विषयलाई पहिलो प्राथमिकतामा राख्न ढिलो भइसकेको छ कि यसको अभावमा लाखौं युवाहरु खाडी मुलुकमा सस्तो श्रममा बेचिुनपर्ने अवस्था आएको छ ।
४. नेपालको संविधानको व्यवस्थाअनुरुप अब सरकार र निजी क्षेत्रको सहकार्यमा उद्योग व्यापारको क्षेत्रलाई अगाडि बढाउनु नितान्त जरुरी छ ।
यसै अवसरमा आज म चितवन जिल्लाको आर्थिक सम्वृद्धि र अन्य आधारभूत पूर्वाधारको सन्दर्भमा वर्तमान सरकारबाट भइसकेका, प्रक्रियामा रहेका कार्यक्रमहरुको समग्र प्याकेजको बारेमा जानकारी गराउन चाहन्छु ।

सरकारबाट थप बजेट कार्यक्रम व्यवस्था गरी कार्यान्वयनमा रहेका योजनाहरुः

१.पटिहानीबाट सीतामाई हुंदै केसरबाघसम्मको १० किलोमिटरमा जंगल किनारामा जंगली जनावरबाट सुरक्षाका लागि फाउण्डेसन सहित कोम मेस जाली लगाउने कार्यका लागि थप रु. १ करोड ७० लाख बजेट व्यवस्था गरि काम सुरुवात भइसकेको छ ।
२. वीरेन्द्र क्याम्पस पछाडि एकीकृत ढल आयोजनाको लागि थप रु. ५० लाख बजेट व्यवस्था गरि काम भइरहेको छ ।
३. बाल मन्दिर सडक निर्माण र सोलारको लागि रु.५० लाख थप रकम व्यवस्था गरी हाल सो काम अगाडि बढिरहेको छ ।
४. यसै गरी पटिहानी धनौजी चोकबाट सितामाई जाने सडक निर्माणको लागि थप ४५ लाख ठिमुवा देवघाट रामनगर धार्मिक पर्यटन मार्ग निर्माणका लागि रु. ४० लाख थप रकम व्यवस्था गरी हाल कार्य भइरहेको छ ।
५.नारायणी नदी तटबन्धन गरी चक्रपथसहितको सडक निर्माणका लागि रु.५० लाख थप बजेट व्यवस्था गरी कामलाई अगाडि बढाइएको छ ।
६. भरतपुर उपमहानगरपालिकाको जग्गामा सिटी हल निर्माणको लागि रु.४० लाख थप बजेट व्यवस्था गरिएको छ ।
७. ल्याण्डफिल साइट निर्माणको लागि रु. ५० लाख थप बजेट व्यवस्था गरिएको छ ।
८. भरतपुर वडा नं. ४ मा अण्डरग्राउण्ड पार्किङसहित बहुतले सब्जीमण्डी निर्माणको लागि रु. ५० लाख थप बजेट व्यवस्था भइसकेको छ ।

नयाँ योजनाहरुः

१. टाउन जगतपुर हुंदै राप्ती पुल हुलाकी सडक कालोपत्रे गर्ने कार्यको लागि १ करोड ९९ लाख, चनौटे हुँदै गोलाघाट सडक कालोपत्रे गर्नको लागि रु. १ करोड ५० लाख व्यवस्था भइसकेको छ ।
२. यस्तै मंगलपुर शिवनगर सडकको स्तरोन्नतिको लागि रु. १ करोड ८० लाख, शुक्रनगर हुँदै मेघौली जाने सडक कालोपत्रे गर्ने कार्यको लागि रु. १ करोड ९९ लाख र गीतानगर बजारबाट शिवनगरबरको बोट हुँदै चनौली सम्मको सडकको लागि रु. १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।
३. माडी खैरहनी र शितलपुर माडीमा एकता स्तम्भ निर्माणका लागि रु.५०/५० लाख, भरतपुरमा यातायात सेवा केन्द्रको लागि रु. १ करोड ९९ लाख रकम व्यवस्था गरिएको छ ।
४. यसैगरी भरतपुर गोद्राङ देवनगर, सीतामाई हुंदै पटिहानी बजारसम्मको सडक कालोपत्रे गर्नको लागि रु. १ करोड, नारायणगढ पुल्चोक, शिवघाट, विजयनगर, सीमरी टाउन साझापुर हुंदै गोलाघाटसम्मको पीच बाटो निर्माणको लागि रु. १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।
५. जगतपुर कसराचोक ध्रुवघाट शुक्रनगर हुंदै पर्साढाप सम्मको सडक स्तरोन्नतिको लागि रु. १ करोड, हुग्दी हात्तिवाङ सिराइचुली टाँडीसम्मको पर्यटकीय सडकका लागि रु.१ करोड ५० लाख, भरतपुर विशालचोक भोजार्ड लंकालाइन खालेसिमल पिठूवा, चैनपुर, वीरेन्द्रनगर भण्डारा बैकल्पिक हाइवे निर्माणका लागि १ करोड ८० लाख, पार्वतीपुर बजार विजयचोकबाट दक्षिण मधुपुरी बजार हुंदै कसराचोक सम्मको कालोपत्रेका लागि १ करोड ५० लाख व्यवस्था गरिएको छ ।
६. मंगलपुर देखि दक्षिण फूलवारी राधापुर मन्दिरसम्म कालोपत्रेका लागि रु. १ करोड, सुन्दरबस्ती चोकबाट पूर्व बरौजी चोक हुंदै उज्जलनगर जंगल सम्मको सडक कालोपत्रेको लागि रु. १ करोड ५० लाख, भरतपुर न.पा. त्रिचोकदेखि धर्मचोक लंकुसम्म सडक कालोपत्रैका लागि रु. ८० लाख, भरतपुर न.पा. बनदेवि मन्दिर बरण्डाभार देखि काँडाघारीचोक सम्मकोे सडक कालोपत्रेका लागि रु. ८० लाख र भरतपुर–२५ सुइदार चोकदेखि सुन्दरबस्ती चोक हुँदै पकौडीसम्मको सडक कालोपत्रैका लागि रु.१ करोड ५० लाख व्यवस्था गरिएको छ ।
७. नारायणी उच्च मा.वि. भरतपुर १० पूर्वाधार विकासका लागि ८० लाख र सर्वशान्ति उच्च मा.वि. दाह्रेचोक चितवन भवन तथा खानेपानीका लागि रु ९० लाख व्यवस्था गरिएको छ ।

प्रक्रियामा रहेका आगामी केही दिनभित्र निर्णय हुने विषयहरुः

१. चित्रवन नगरपालिकामा रंगशाला निर्माणका लागि रु. ५० करोड बजेट व्यवस्था गरी तत्काल काम अगाडी बढाइने जानकारी गराउँछु ।
२. भरतपुर र पर्सामा ४/४ करोडको लगानीमा कवर्डहल निर्माण गरिने जानकारी गराउँछु ।
३. यसैगरी चितवन जिल्लाका पाँचवटै निर्माण क्षेत्रमा खेल मैदान निर्माणका लागि ५०/५० लाख बजेट व्यवस्था गरिने समेत यसै अवसरमा जानकारी गराउँछु ।
४. भरतपुर अस्पताललाई स्तरोन्नति गरी केन्द्रीय अस्पताल बनाइने र यसै वर्षदेखि स्नातक र स्नातोकोत्तर तहको पढाई शुरु गर्ने गरी तयारी भइरहेको जानकारी गराउँछु ।
५. विशेष आर्थिक क्षेत्र विकास समितिअन्तर्गत चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको छ ।
६. भरतपुरमा घरेलु तथा साना उद्योग कार्यालयको कम्पाउण्डभित्र प्रदर्शनी कक्ष स्थापना गर्न बजेट तथा कार्यक्रम व्यवस्था गर्ने गरी प्रक्रिया सुरुवात भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका