चितवन,माघ २६-
चितवनका युवा विद्यार्थी शिव ढकालले आफ्नो जन्मदिनको अवसर पारेर मानव सेवा आश्रम भरतपुरमा आश्रित वृद्धवृद्धालाई एक दिनको खाना खुवाएका छन् ।
लायन्स क्लव चितवन युथको आयोजनामा ढकालले मानव सेवा आश्रममा सो सहयोग गरेका हुन् । क्लवका डाइरेक्टर समेत रहेका उनले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा समाज सेवा गर्नु उपयुक्त ठानेर खाना खुवाएको वताए । सो अवसरमा क्लवका सचिव दिपक ढकाल,अध्यक्ष विपिन रामुदामु,जोन चेयरपर्सन यम वहादुर विके लगाएतको सहभागीता रहेको थियो ।