Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संशोधनको नाममा संविधान कार्यान्वयनलाई अड्काउन पाईदैनः गुरुङ – Gaule Khabar

संशोधनको नाममा संविधान कार्यान्वयनलाई अड्काउन पाईदैनः गुरुङ

संशोधनको नाममा संविधान कार्यान्वयनलाई अड्काउन पाईदैनः गुरुङ

चितवन, माघ २५–

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले संशोधनको नाममा संविधान कार्यान्वयनलाई अड्काउन नमिल्ने बताउनु भएको छ । नेपाली काँग्रेस चितवन क्षेत्र नम्वर–४ ले काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशिल कोईरालाको प्रथम स्मृति दिवसको अवसरमा वृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

कोईरालाले संविधान जारी गरेको भन्दै उहाँको सम्मानका लागि संविधान कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । संविधान कार्यान्वयनले मात्र पूर्व प्रधानमन्त्री कोईरालाको सम्मान हुने बताउनु भयो । अहिले संविधान कार्यान्वयन गर्न निर्वाचन गरेर अघि बढ्नु आवश्यक रहेको नेता गुरुङ्ले बताउनु भयो । पछिल्लो समयमा संविधान कार्यान्वयनमा देखिएको चुनौंतीलाई समाधान गर्दै अघि बढ्न सबै दल एक ठाउँमा हुनुपर्ने उहाँले बताउनु भयो ।

कोईरालाले संविधान जारी गर्ने समयमा गरेको योगदानको कदर राजनैतिकदलहरुले गर्न नसकेको नेता गुरुङ्ले बताउनुभयो । सो अवसरमा व्यवस्थापिका संसद सदस्य विष्णुमाया परियार, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ्, नेपाली काँग्रेस चितवन क्षेत्रीय सचिव गोपाल दराई लगाएतले बोल्नु भएको थियो । शिबिरमा आँखा, नाक कान घाँटी रोग विशेषज्ञ, मेडिकल विभाग, स्त्रीरोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, हाडजोर्नि रोग, बालरोग, मानसिक रोग विशेषज्ञले सेवा दिएका थिए ।

कार्यक्रम नेपाली काँग्रेस चितवन क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति सरिता केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका