Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वर्षामा सङ्कलित पानी पिउदैं,पाल्पाका विद्यार्थी शिक्षक – Gaule Khabar

वर्षामा सङ्कलित पानी पिउदैं,पाल्पाका विद्यार्थी शिक्षक

वर्षामा सङ्कलित पानी पिउदैं,पाल्पाका विद्यार्थी शिक्षक

पाल्पा, माघ २५ –

असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला ! पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन् ।
खानेपानीको चर्को समस्या रहेपछि आकासे पानीमा निर्भर छन्, त्यहाँका शिक्षक र विधार्थी । वर्षाको पानी सकिएपछि चैत वैशाखपछि गाउँ चारेर ल्याएको एक ग्रागो पानी दिनभरी पिएर बस्नुपर्ने बाध्यता उनीहरुको छ ।
वर्षातको थोपा÷थोपा पानी सङ्कलन गर्न पाइने भएपछि यहाँका शिक्षक विद्यार्थी वर्षा हुन थालेपछि खुसी हुन्छन् । खानेपानीको चर्को समस्याका कारण विद्यालयले असार साउनमा वर्षातको पानी सङ्कलन नगरेमा उनीहरु पानी पिउनबाट वञ्चित हुन्छन् ।
विस २०२९ मा स्थापना भएको विद्यालयमा अहिले ४५० जना विद्यार्थी र १५ दरबन्दीका शिक्षक, एक जना बाल शिक्षिका, एक जना लेखापाल र एक जना परिचर लगायतले वर्षातमा सङ्कलन गरिएका पानी पिउँदै आएका छन् ।
कक्षा ८ मा अध्ययनरतले भुवनपोखरी गोखुङ्गाका सुरज नेपालीले विद्यालयमा वर्षातको समयमा सङ्कलित पानी पिउन बाध्य भएको बताउँछन् । पानीको मुहान नजिक नरहेपछि दैनिक पानी बोक्नुपर्ने बाध्यता हटेको छैन, पढाइ भन्दा पिउने पानीको समस्या यहाँ चर्को रहेको उनी बताउँछन् ।
आकासे पानी सङ्कलनका लागि विद्यालयले १५ हजार लिटरको ट्याङ्की राखिएका छन् । असार साउनमा सङ्कलित पानी फागुनमा आएर सकिन्छ ।
खानेपानीको समस्या बढ्दै गएपछि विधालयले अहिले दस हजार लिटरको ‘घँैटो’ निर्माण गर्न थालिएको छ । निर्माणाधिन घौंटो प्रयोगमा ल्याउन केहि महिना लाग्ने भएकाले यसपालि फागुनमा विद्यालयमा सङ्कलित पानी सकिनेछ, त्यसपछि पानीको चर्को अभाव हुने विद्यालयका प्राधानाध्यापक ऋषिराम पोखरेलले बताउनुभयो ।
विद्यालय नजिकको क्षेत्रमा खानेपानीको मुहान नहुनु र लिफ्ट मार्फत पानी तान्न नसक्दा विद्यालयमा वर्षाको थोपा थोपा पानी सङ्कलन गरी विद्यार्थीले पिउनुपर्ने अवस्था रहेको विद्यालयका प्राधानाध्यापक पोखरेलले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका