Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सांस्कृतिक सङ्घको महाधिवेशन ः निर्वाचन प्रक्रिया अन्योलमा – Gaule Khabar

सांस्कृतिक सङ्घको महाधिवेशन ः निर्वाचन प्रक्रिया अन्योलमा

सांस्कृतिक सङ्घको महाधिवेशन ः निर्वाचन प्रक्रिया अन्योलमा

काठमाडौं,माघ २४-

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।

माघ २१ गते उद्घाटन भएको महाधिवेशन २२ गते बन्दसत्र र २३ गते मतदान हुनुपर्नेमा प्रतिनिधि विवाद र सहमतीय प्रणालीमा जान खोजेपछि निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । आठ सय ६१ प्रतिनिधि रहेको सो महाधिवेशनमा निर्वाचन अन्योलमा परेका कारण आधाजसो प्रतिनिधि जिल्ला फर्केको महाधिवेशन प्रतिनिधि दुर्गा रायमाझीले राससलाई जानकारी दिनुभयो ।

सांस्कृतिक सङ्घभित्र देखिएको विवाद मिलाउन पार्टीले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदको संयोजकत्वमा प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहने गरी तीन सदस्यीय निर्देशन समिति गठन गरेको थियो । निर्देशन समितिका सदस्य पौडेलले निर्वाचनबारे टुङ्गो लगाउन समितिको बैठक बसिरहेको जानकारी दिनुभयो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका