Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्व र पश्चिममा विप्लव माओवादीले यसरी दिदैछ सैन्य तालिम – Gaule Khabar

पूर्व र पश्चिममा विप्लव माओवादीले यसरी दिदैछ सैन्य तालिम

पूर्व र पश्चिममा विप्लव माओवादीले यसरी दिदैछ सैन्य तालिम

काठमाडौं,माघ २४-

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मुलुकका विभिन्न स्थानमा कार्यकर्तालाई सैनिक तालिम दिइरहेको खुलासा भएको छ ।

चन्द माओवादीले सैन्य तालिम दिइरहेको सूचना सुरक्षा संयन्त्रमार्फत गृहमन्त्री विमलेन्द्र निधि हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म पुगेको छ । स्रोतको अनुसार पूर्वको सोलुखेम्बु तथा पश्चिमका कपिलवस्तु, रोल्पा र कालिकोटका ग्रामीण क्षेत्रमा तालिम सञ्चालन भइरहेको छ । माओवादी सेनाका पूर्वलडाकु कमाण्डरहरुले उनीहरुलाई तालिम दिइरहेका छन् ।

चन्द माओवादीले १० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका मुख्य नेताहरुले बाटो बिराएको भन्दै दोश्रो जनयुद्ध थाल्ने बताउँदै आएको छ । तालिम लिएको सूचना पाएपछि सबै सुरक्षा निकायले चन्द माओवादीका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ । उक्त पार्टीका एक पोलिट्ब्युरो सदस्यले आफूहरु जनयुद्धको तयारीमा रहेको बताए । ‘हामी केही न केही गर्ने तयारीमा छौं’, उनले भने, ‘त्यसका लागि तालिमसहित जे–जे गर्नुपर्ने हो गरिरहेका छौं ।’

उनले माओवादी आन्दोलनलाई भ्रष्टीकरण र अपराधीकरण गर्ने काम तीव्र भएकाले बाध्य भएर अर्को युद्धमा जानुपरेको बताए । विप्लव माओवादीले राजधानीमा १ फागुनमा जनप्रदर्शनसहित पहिलो महाधिवेशन उदघाटन गर्दैछ । बन्दशत्र भने माओवादी जनयुद्धको केन्द्र रोल्पाको थवाङमा हुने बताएको छ ।

त्यसका लागि थवाङमा पाँच करोड लगानीमा ३ हजार अट्ने हलसहितको भवन निर्माण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका