काठमाडौं,माघ २४-
संगठित रुपमा भईरहेको सुन तस्करीको अभियोगमा आईतबार पक्राउ परेका एसएसपी श्याम खत्रीलाई संगठित अपराध ऐन अन्तर्गत थप अनुसन्धानका लागि म्याद लिन काठमाडौं जिल्ला अदालत ल्याएको छ । जिल्ला अदालतले यस्तो मुद्धामा अनुसन्धानका निम्ति ६० दिनको म्याद दिनेछ ।
यसअघि पक्राउ परेकाहरुकाले ‘सेटिङ’ मा भईरहेको सुन तस्करीमा एसएसपी खत्रीको संग्लनता रहेको बयान दिएपछि ब्युरोले खत्रीमाथी अनुसन्धान केन्द्रित गरेको थियो । गत असोजदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत खत्रीलाई माघ ३ मा अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो । मुख्यालय तानिएका खत्रीलाई कुनै जिम्मेवारी दिइएको थिएन । उनलाई आईतबार प्रहरी प्रधान कार्यालयको कार्यकक्षबाटै पक्रेर थप अनुसन्धानका निम्ति महाराजगंजस्थित ब्युरो कार्यालयको हिरासत कक्षमा राखिएको छ ।
२१ पुषमा दुबईबाट आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले विमानस्थलबाहिर बरामद गरेको थियो ।