Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अस्पतालमा निःशुल्क वाइफाई विस्तार गर्न सूचनामन्त्रीको निर्देशन – Gaule Khabar

अस्पतालमा निःशुल्क वाइफाई विस्तार गर्न सूचनामन्त्रीको निर्देशन

अस्पतालमा निःशुल्क वाइफाई विस्तार गर्न सूचनामन्त्रीको निर्देशन

काठमाडौं,माघ २४-

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले अस्पतालहरुमा निःशुल्क वाइफाई सेवा विस्तार गर्न निर्देशन दिएका छन्। नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अस्पताल, मेडिकल कलेज तथा अन्य शिक्षण संस्थामा निःशुल्क वाइफाईको व्यवस्था गर्न निर्देशन दिएका हुन्।

 ‘अन्य क्षेत्रभन्दा पनि मलाई अस्पतालको सबैभन्दा बढी चिन्ता छ,’ मन्त्री कार्कीले भने, ‘अस्पतालमा उपचारका लागि आएका बिरामीका जानकारी आदान प्रदान गर्न पनि सञ्चार सेवा अतिआवश्यक हुन्छ।’ उनले अस्पताल क्षेत्रमा आफ्नो नेटर्वक चुस्त राख्नसमेत टेलिकमलाई निर्देशन दिए। मन्त्री कार्कीले अस्पतालमा उपचारका लागि आएका बिरामी, बिरामी कुरुवा, आफन्त, डाक्टर, नर्स, स्वास्थ्यकर्मी सबैलाई आकस्मिक अवस्थामा सूचना आदानप्रदान गर्नुपर्ने भएकाले उक्त क्षेत्रको नेटवर्क तीव्र र गुणस्तरीय बनाउन पनि निर्देशन दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका