Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमामा गोरु तस्करको गिरोह,बाँके हुँदै दार्जलिङ्ग सम्म तस्कर – Gaule Khabar

सिमामा गोरु तस्करको गिरोह,बाँके हुँदै दार्जलिङ्ग सम्म तस्कर

सिमामा गोरु तस्करको गिरोह,बाँके हुँदै दार्जलिङ्ग सम्म तस्कर

नेपालगन्ज,माघ २४-

बाँके हुँदै नेपालमा र विभिन्न जिल्ला हुँदै भारतको दार्जलिङ्ग सम्म गोरुको गिरोह फैलिएको खुलेको छ ।

भारतको उत्तर प्रदेश, विहार लगायत राज्यबाट नेपाली क्षेत्रमा कृषि प्रयोजनका लागि ल्याइने गोरुलाई मासु प्रयोजनको लागि भारतको दार्जलिंग सम्म लग्न थालिएको विषयमा कारवाही सुरु भएपछि शनिवार थप ४५ वटा गोरु सहित ३ जना तस्कर फन्दामा परेका छन् ।

यसअघि ४० वटा, शुक्रवार ११ र शनिवार ४५ वटा गोरु बरामद भएको प्रहरीले जानकारी दिएको छ । कृषि प्रयोजनका नाममा मासुजन्य प्रयोजनमा गोरुको तस्करी भइरहेको श्रोतको दावी छ । अनुसन्धानमा खटिएका प्रहरीले भन्सार र क्वारेन्टाइन नगराएको भेटिएको पक्राउ गरिएको बताएका छन् ।

प्रहरीले चोरी पैठारी गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ४५ वटा गोरु नेपालगन्ज वडा नं.२३ बाट नियन्त्रणमा लिएपछि गोरु तस्करीको अर्को संजाल बाहिर आएको हो । पक्राउ पर्नेहरु सर्लाही चर्चली ७ वस्ने काजिमान मगर, रुद्र श्रेष्ठ र सर्लाही हरिवन ११ वस्ने कुदुश शेष रहेको प्रहरीले जनाएको छ । भारतको उत्तर प्रदेशबाट अन्य राज्यमा गोरु तस्करी र बिक्री गर्न कानूनी कडाईभएपछि पछिल्लो समयमा तस्करहरुले नेपाली बाटो प्रयोग गरी भारतको अन्य राज्यमा गोरु तस्करी गर्दै आएका हुन् ।

‘नेपाली क्षेत्रमा कृषि प्रयोजनका लागि ल्याइएपछि भन्सार छली गरी आएकोले पक्राउ गरिएको हो’, बाँकेका प्रहरी प्रवक्ता डीएसपी सरोज पौडेलले भने, ‘सर्लाहीमा केहि समय राखेर पुनः भारतीय क्षेत्रमा गोरुको बिक्री हुने गरेको छ ।’ नियन्त्रणमा लिइएका गोरु र पक्राउ परेका तस्करहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको प्रहरीले जनाएको छ । भन्सार कर्मचारीको तालमेलमा गोरु विना भन्सार नेपाली क्षेत्रमा चोरी पैठारी हुने गरेको अनुसन्धानमा सक्रिय प्रहरीको आशंका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका