Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राईट एण्ड एशोसियट्सको सेमीनारमा उल्लेखीय विद्यार्थी सहभागि – Gaule Khabar

राईट एण्ड एशोसियट्सको सेमीनारमा उल्लेखीय विद्यार्थी सहभागि

राईट एण्ड एशोसियट्सको सेमीनारमा उल्लेखीय विद्यार्थी सहभागि

चितवन, माघ २३–
राईट एण्ड एशोसियट्स चितवनको आयोजनामा आज (आईतबार) भएको अष्ट्रेलियन सेमीनारमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता भएको छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजित सेमीनार दिउँसो १ बजेदेखि ४ बजेसम्म भरतपुर गार्डेन रिर्सोटमा भएको थियो । विद्यार्थीहरुमा अष्ट्रेलिया महत्वपूर्ण स्थान भएकाले धेरै विद्यार्थीहरु सेमीनारमा सहभागि भएको राईट एण्ड एशोसियट्स चितवनका प्रमुख देवेन्द्रराज रेग्मीले जानकारी दिनुभयो । सेमीनारमा अष्ट्रेलियन भर्ना विभागकी मेघा कट्याल र राईट एण्ड एशोसियट्स सिड्नी डाईरेक्टर बालचन्द्र भट्टराईले अष्ट्रेलियन शिक्षा बारे जानकारी दिएका थिए ।


निःशुल्क प्रवेश व्यवस्था गरिएको सेमीनारमा इसिए अन्तरगतका भिक्टोरियो युनिभर्सिटि सिड्नी, एशिया प्यासिफिक इन्टरनेशनल कलेज, जेनिथ विजनेश एकेडेमीको बारेमा जानकारी गराईएको थियो।
विद्यार्थीहरुले सेमीनार भएकै स्थानमा अफर लेटर दिईने, भिक्टोरिया युनिभर्सिटिका प्रतिनिधसंग प्रत्यक्ष कुराकानी गर्न सफल भएको राईट एण्ड एशोसियट्स चितवनका प्रमुख देवेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका