Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शाकाहारी पारखीका लागि खुल्यो ‘सनातन स्वीट्स एण्ड बेकरी’ – Gaule Khabar

शाकाहारी पारखीका लागि खुल्यो ‘सनातन स्वीट्स एण्ड बेकरी’

शाकाहारी पारखीका लागि खुल्यो ‘सनातन स्वीट्स एण्ड बेकरी’

चितवन, माघ २३–
पछिल्लो समय नेपालमा मानिसहरु शाकाहारी बन्ने क्रम बढ्दो छ । तर विशुद्ध शाकाहारी खाद्य पदार्थ पाउनै मुश्किल छ । यही समस्या समाधानको मध्यनजर गर्दै चितवनको भरतपुस्थित मालपोत चोकमा सनातन स्वीट्स एण्ड बेकरी खुलेको छ । सनानत भोली (सोमबार)बाट औपचारिक शुभारम्भ हुँदैछ ।
विभिन्न पेशा व्यवसाय सम्हाल्दै आएका मूख्य तीन युवाले सनातन हस्पिटालिटी म्यानेजमेन्ट प्रा.लि. मार्फत सनातन स्वीट्स एण्ड बेकरी संचालनमा ल्याएका छन् ।
विशुद्ध शाकाहारी खानेकुरा पाउनै मुश्किल भईरहेको अवस्थामा शाकाहारी लक्षित सनातन स्वीट्स एण्ड बेकरी संचालनमा ल्याएको सनातन हस्पिटालिटी म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष मनिष सापकोटाले जानकारी दिनुभयो । उहाँले आगामि दिनमा जिल्लाका अन्य स्थानहरुमा पनि प्रोजेक्ट विस्तार गर्दै अघि बढ्ने जानकारी दिनुभयो ।


सनातन स्वीट्स एण्ड बेकरीमा ग्राहकहरुले खान मात्र होइन बास बस्न समेत पाउने छन् । सो भवनको माथिल्लो तलामा वातानुकुलित १० वटा कोठाहरु तयार पारिएको सनातन हस्पिटालिटी म्यानेजमेन्ट प्रा.लि.का कार्यकारी निर्देशक विकास सापकोटाले जानकारी दिनुभयो ।
सनातन स्वीट्स एण्ड बेकरीमा भारतबाट समेत दक्ष व्यक्ति ल्याइएको छ । उनीहरुले नेपाली युवाहरुलाई विभिन्न परिकार बनाउन सिकाई रहेका छन् । हाल ४० जनाले प्रत्यक्ष रोजगारी पाई स्वीट्सलाई अघि बढाई रहेको अर्का निर्देशक राम रिजालले जानकारी दिनुभयो ।
सनातनबाट नेपाली, भारतीय, दक्षिण भारतीय र चाईनिज खानाहरु समेत उपलब्ध हुने निर्देशक रिजालले जानकारी दिनुभयो ।
यस्तै बेकरीबाट एगलेस बेकरीमा पाउरोटीदेखि विभिन्न प्रकारका कुकिज र केकसम्म उपभोक्तामाझ पश्किने अध्यक्ष सापकोटाले बताए । सनातनबाट बनेका सबै खानेकुरामा शुद्ध घ्यू मात्रै प्रयोग गरिने बताईको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका