Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सीके राउतका ६ जना समर्थक विरुद्ध पनि राज्यविरुद्ध अपराधमा मुद्दा दायर – Gaule Khabar

सीके राउतका ६ जना समर्थक विरुद्ध पनि राज्यविरुद्ध अपराधमा मुद्दा दायर

सीके राउतका ६ जना समर्थक विरुद्ध पनि राज्यविरुद्ध अपराधमा मुद्दा दायर

मणिलाल विश्वकर्मा,

लहान माघ २३-

स्वतन्त्र मधेस गठबन्धनका सीके राउतको रिहाईको माग गर्दै सिरहाको लहानमा प्रदर्शन गर्ने छ जना विरुद्ध पनि प्रहरीले राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरेको छ। प्रहरीले मुद्दा चलाएपछि सिरहा जिल्ला अदालतमा पेश गरिएका छ जनालाई आइतबार मध्यान्ह थप अनुसन्धानका लागि १० दिन थुनामा राख्न अदालतले आदेश दिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए। उनका अनुसार अदालतबाट सिरहाको सनहैठा १ का राजकुमार यादव र मझौरा ९ का रामशंकर यादव, सनहैठा ४ का सुरेशप्रसाद यादव, ३ का रोशनकुमार यादव र सञ्जय यादव, तथा इटाटार २ का अशोककुमार यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो।

राजकुमार र रामशंकर राउतको नेतृत्वमा रहेको स्वतन्त्र मधेस गठबन्धनको सिरहा जिल्ला परिषद् सदस्य र बाँकी सक्रिय सदस्य रहेको खुलेकाले मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक केसीले बताए। स्वतन्त्र मधेस राष्ट्रको पक्षमा गतिविधि गर्दै आएका राउत विरुद्ध इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरी माघ २१ गते सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरेको थियो। त्यही दिन राउतको रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले लहानको भित्री बजार क्षेत्रबाट २१ जनालाई नियन्त्रणमा लिई सोधपुछपछि १५ जनालाई छोडेर छ जनालाई थप अनुसन्धानका लागि भन्दै प्रहरी नियन्त्रणमै राखेको थियो।

माघ २० गते दिउँसो धनुषाको जनकपुरमा पक्राउ गरी सिरहाको लहान ल्याइएका राउत राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएका छन्। सदरमुकामबाट फेरि पक्राउ सीके राउत समर्थक जनालाई राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाई अदालत पेश गर्ने क्रममा आइतबार मध्यान्ह सिरहा जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार राउत समर्थकहरुलाई अदालत लैजाने क्रममा सदरमुकामको हेमनारायण चोक र अदालत अगाडि प्रदर्शन गरिरहेकामध्ये १२ जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय र नगर प्रहरीमा राखेर सोधपुछ गरिरहेको प्रहरी उपरीक्षक शेखर कोइरालाले उल्लेख गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका