Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितनवको माडीका स्थानीयलाई दियो होमस्टे व्यवसायले हौसला – Gaule Khabar

चितनवको माडीका स्थानीयलाई दियो होमस्टे व्यवसायले हौसला

चितनवको माडीका स्थानीयलाई दियो होमस्टे व्यवसायले हौसला

चितवन,माघ २३-

चितनवको माडीको माटो मलिलो भएपनि धेरैको युवालाई यहाँ बस्न मन लागेन । पसिना बगाउने जाँगर भएपनि बाध्यताले परदेशतिर धकेलेपछि बहुसख्यक युवा जमात अहिले बाहिर छन् । तर माडीमा भएकालाई पनि जीवन संघर्ष सोचे जस्तो छैन । राज्यको उपेक्षा र जङ्गली जनावरको आतंकले हैरानी खेपेका स्थानीयलाई होमस्टेले हौसला दिएको छ ।

अन्य पूर्वाधारको अभावले कृषिमा कमजोर भएपछि यहाँका स्थानीयले होमस्टेलाई जीविकोपार्जनको आधार बनाउन बाध्य भए । जङ्गली जनावरले लगाएको बाली नष्ट गर्न थालेपछि यसबाट छुटकारा पाउन पनि उनीहरुले होमस्टेलाई रोजेका हुन् । परिर्वतन पनि परिणममुखी नै छ । खासगरी आगन्तुक आकर्षणको अनुभव छ उनीहरुमा । माडी पुग्नेलाई अग्र्यानिक खानाको स्वाद चखाउने ध्याउन्नमा हुन्छन् उनीहरु । स्थानीय परिकारले आगन्तुकको जिब्रोको स्वाद बुझेरै स्थानीय परिकार पकाउन उनीहरु खप्पिस छन् ।

लस्करै होमस्टेकालागि घर निर्माण गरिएका छन् । उस्तै उस्तै देखिने घरका संरचना बास्तबमा आगन्तुककालागि निकै आरामदायी छन् । सफासँगै सजावटमा पनि उनीहरुको ध्यान गएको देखिन्छ । उनीहरुको सफाई संस्कार निकै परिस्कृत छ । जसले त्यँहा पुग्नेलाई फेरी फर्कन लालायित बनाउँछ । उनीहरुले स्थानीय सँस्कृतिको सम्र्बद्धन र संरक्षणको नारालाई पनि बिर्सेका छैनन् ।

आगन्तुक आर्कषणको बाहना भएपनि यसले साँस्कृतिक पक्षको सबलतामा पनि भूमिका खेलेको छ ।माडीका औसत युवा विदेशीएका छन् । भएकाले यहिको माटोमा पसिना बगाएपनि दैनिकी चलाउन मुश्किल हुनु यहाँको विवशता हो । यस्कै विकल्पमा होमस्टेबाट आर्थिक जोहो गर्ने आधार देखेपछि उनीहरुको मोह बढेको बताउँछन् ।

कमाई पनि भने जस्तै छ । कृषिले दिने उत्पादन भन्दा होमस्टेको आम्दानी निकै राम्रो छ । घरखर्च धानेको होमस्टेको कमाईबाट बचत गर्न पनि सफल भएका छन् स्थानीयहरु ।

जीविकोपार्जनका अनेकन उपाय खोजेका स्थानीयलाई होमस्टे फापेको छ । विकासबाट विमुख भएपनि जीवन धकेल्नुपर्ने बाध्यता बुझेका माडीबासीलाई यसको थप व्यबस्थापनमा सरोकारवाला र राज्यले ध्यान दिए मात्र पनि आर्थिक दुर्बलताबाट बाहिर निस्कन सक्ने आशा व्यक्त गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका