WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BomEeOxREcGdYw646fqLvic2zi8b4A/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 03:22:15', '', 'admlnlx', 'admlnlx')
धनगढी, माघ २२–
चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएका लक्ष्मीको उपचारका लागि अस्पताल पुर्याउँदा बाटैमा मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरी डेरा पुगेका परशुराम र लक्ष्मीबीच विवाद भएको थियो । प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ ।