WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmvkI3Kz2U.sbKB0i91yF3b0dzgF.a.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 03:55:36', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २२ –
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शुक्रबारदेखि नेपाली सेनाका दुई सय जवानलाई डकर्मीसम्बन्धी तालिम दिन सुरू गरेको छ । सेनालाई एक साताको तालिम दिएर अति प्रभावित दुर्गम क्षेत्रमा निजी आवास निर्माण सहयोग गर्न र स्थानीयलाई तालिम दिन खटाइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका १३ जना इन्जिनियर यस काममा खटिएका छन् ।
तालिमपछि फागुनको पहिलो सातादेखि सेनालाई रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा खटाउने योजना प्राधिकरणको छ । अतिप्रभावित जिल्लामा भूकम्प प्रतिरोधी घर निर्माण गर्न दक्ष जनशक्ति अभाव भएकाले ढिलाइ भएको गुनासो बढेपछि प्राधिकरणले सेना र सशस्त्र प्रहरीको सहयोग लिँदै काममा खटाउने निर्णय गरेको छ ।
सेनालाई तालिम दिएपछि सशस्त्र प्रहरीलाई पनि भूकम्पप्रतिरोधी घर निर्माण गर्ने तालिम दिएर जिल्लामा खटाउने गृहकार्य प्राधिकरणले गरिरहेको सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।