Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
१० विद्यार्थी संगठनले भने–‘स्ववियु निर्वाचन घोषणाका त्रुटी सच्याउ’ – Gaule Khabar

१० विद्यार्थी संगठनले भने–‘स्ववियु निर्वाचन घोषणाका त्रुटी सच्याउ’

१० विद्यार्थी संगठनले भने–‘स्ववियु निर्वाचन घोषणाका त्रुटी सच्याउ’

काठमाडौँ, माघ २१–

त्रिभुवन विश्व विद्यालयले हालै सार्बजनिक गरेको निर्वाचन कार्यक्रम र कार्य तालिकामा भएका त्रुटी सच्याउन माग गर्दै १० विद्यार्थी संगठनहरु एकै ठाउँमा उभिएका छन् ।

विद्यार्थी संगठनहरुले त्रिभूवन विश्व विद्यालयले कांग्रेस, एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुको मिलोमतोमा त्रुटीपूर्ण स्ववियु निर्वाचन कार्यक्रम र कार्य तालिका सार्बजनिक गरेको आरोप लगाउदै सो कार्य तत्काल सच्याउन माग गर्दै शुक्रबार संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।

त्यस्तै विश्व विद्यालयले कांग्रेस एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनलाई मात्र गोप्य रुपमा निर्वाचन कार्य तालिका र कार्यक्रम सार्बजनिक गर्ने मितिको जानकारी दिएर अरु विद्यार्थी संगठनहरुलाई बायस गर्ने शैलीमा एकमुष्ठ रुपमा विद्यार्थी भर्ना गरेर भर्ना प्रकृया रोकिएको समेत आरोप लगाएका छन् ।

विश्व विद्यालयमा कांग्रेसको भिसी एमालेको रजिस्टार र माओवादी केन्द्रको शिक्षा अध्यक्षले आ–आफ्ना विद्यार्थी संगठनहरुलाई निर्वाचन कार्य तालिका आउने मिति पनि गोप्य रुपमा जानकारी गराई भर्ना प्रकृयामा बेइमानी गरेको गम्भीर आरोप लगाएका छन् ।

विश्व विद्यालयको यस प्रकारको रबैयाप्रति आपत्ति जनाउँदै नेपालमा क्रियाशील १३ मध्ये १० विद्यार्थी संगठनहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले बताए ।

चलाउनेका अनुसार विश्व विद्यालयले एकमुष्ठ रुपमा गरेको भर्ना खारेज गरिनुपर्ने, सिनेटमा ३ ओटा मात्र विद्यार्थी संगठनको प्रतिनिधित्व गराउने प्रचलनलाइ खारेज गरी सबै संगठनको सर्बपक्षिय सहमतिमा निर्वाचनको नयाँ मिति तोकिनुपर्ने लगायतका मागहरु राखी सयुक्त ज्ञापन बुझाइएको हो ।

विश्व विद्यालयले निर्वाचन प्रणालीमा समानुपातिक मिश्रित प्रणाली भने पनि त्यसमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित नगरिएको र सबै बिद्यार्थी संगठनहरुले उठाएको पूर्ण समानुपातिकको मुद्दा पनि समाधान नगरिएको हुनाले यो कुरालाई समेत सम्बोधन गरी नयाँ निर्वाचन तालिका सार्बजनिक गर्न १० संगठनले माग गरेका छन् ।

स्ववियु निर्वाचनको पुर्वसन्ध्यामा विश्व विद्यालयले सार्वजनिक गरेको कार्यतालिकाप्रति असन्तुष्ट रहेका विद्यार्थी सङ्गठनहरु एक ठाउँमा उभिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका