Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गैंडाकोटमा खाद्य मेला सुरु – Gaule Khabar

गैंडाकोटमा खाद्य मेला सुरु

गैंडाकोटमा खाद्य मेला सुरु

गैंडाकोट, माघ २१–

नवलपरासीको गैंडाकोटस्थित नारायणी नदि किनारमा खाद्य मेला–२०७३ सुरु भएको छ । उद्योग वाणिज्य संघ गैंडाकोटको संयोजनमा नेपाल सरकार कृषि बिकास मन्त्रालय खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको योजनामा मेला सुरु भएको हो ।
‘परम्परागत स्थानीय पोषिला खाद्य पदार्थहरुको प्रवद्र्धन गरौं असल पोषणका लागी खानेबानीमा सुधार गरौं’ भन्ने मुल मन्त्रका साथ आयोजना भएको मेलाको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय रानाले उद्धघाटन गर्नुभयो । मेलाको उद्धघाटन गर्दै रानाले मानिसमा खाने तरिका सिकाउन खाद्य मेला धेरै उपयोगी हुने बताउनु भयो । खान नपुगेर भन्दा पनि खान नजानेर मानिसहरुलाई बिभिन्न प्रकारका जटिल रोगहरु लागेको भन्दै उहाँले भातमात्रै खाने बानीको अन्तय गरी पुराना हाम्रा परम्परागत खाना खाने बानीको बिकास गर्न उहाँले आग्रह गर्नुभयो ।

बिदेशीले वार्षिक १४ केजी मात्रै चामलको उपभोग गर्ने तर नेपालीले वार्षिक १२४ किलो सम्म चामल खाने हुँदा वार्षिक करोडौं मूल्यको चामल आयात गर्न सरकार बाध्य भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक दिपक सापकोटाले खाद्य बस्तुको उपभोग त्यसबाट हुने फाईदा र मानिसमा खाने बानीको बिकासका लागी नेपाल सरकारसंग सहकार्यगरी मेला आयोजना गरिएको उहाले बताउनुभयो ।

त्यस्तै क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख हस्तबहादुर राईले मानिसमा खानेबानीको बिकास गरी मानिसलाई निरोगी र स्वास्थ्य बनाउन स्थानीय संघ संस्थासंग सहकार्य गरि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

त्यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक सन्जिव कुमार कर्णले नेपालमा खान नपाएर भन्दा पनि खान नजानेर खाद्य संकट बढेको र मानिसहरु रोगी हुन थालेकाले के कसरी र कति खाने भन्ने बिषयमा आम सर्वसाधारणलाई जानकारी दिन मेला आयोजना गरिएको बताउनु भयो ।

मेलामा जाने दर्शकले मेलाबाट कुन परिकारमा कति पोषण पाईन्छ र कति बेला कुन चिज खाने भन्ने समेत जानकारी पाउने उहाँले बताउनुभयो ।


कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचन, गैंडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत लिलाधर शर्मालगायतले बोलेका थिए ।
मेलामा स्थानीय जातजातिका खानाका परिकारसँगै च्याउ, केरा, जुस, हिमालय क्षेत्रका उत्पादन, मौरीको उत्पादन, दुग्ध, नुन, उखु, चियापति, सिस्नुको पाउण्डर, लेकाली उत्पादन, आलु लगायत झण्डै ६० वटा भन्दाबढी घरेलु तथा साना उद्योगका उत्पादनको स्टलहरु रहेका छन् । मेलामा स्टल लिए बापत आयोजकले स्टलवालालाई दैनिक एकहजार रुपैयाँ समेत प्रोत्साहन भत्ता स्वरुप प्रदान गर्ने छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेको थियो । मेला शनिबार समापन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका