Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जिम्मेवार ढङ्गले काम गरेमात्र मुलुक समृद्ध बन्छ ः मन्त्री भण्डारी – Gaule Khabar

जिम्मेवार ढङ्गले काम गरेमात्र मुलुक समृद्ध बन्छ ः मन्त्री भण्डारी

जिम्मेवार ढङ्गले काम गरेमात्र मुलुक समृद्ध बन्छ ः मन्त्री भण्डारी

काठमाडौं, माघ २१-

वन तथा भू–संरक्षणमन्त्री रीशङ्कर भण्डारीले कर्मचारीले जिम्मेवारपूर्ण ढङ्गले काम गरेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) वन तथा भू–संरक्षण मन्त्रालय सातौँ विभागीय अधिवेशन आज यहाँ उद्घाटन गर्दै मन्त्री भण्डारीले पदीय मर्यादाअनुसार काम गरेमात्र मुलुक अगाडि बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो – “राम्रो काम गर्नुहोस्, राम्रो काम गर्नेको उच्च मूल्याङ्कन हुन्छ ।” मन्त्री भण्डारीले राम्रो र जिम्मेवारपूर्वक ढङ्गले काम गर्दा समस्या आइपरे समाधान गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन हुने गरी कार्ययोजना बनाउन सम्बन्धित पक्षलाई आग्रहसमेत गर्नुभयो ।

वन तथा भू–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले सेवाग्राहीलाई सकेसम्म छिटो सेवा दिनेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “प्रजातन्त्रको देनले विभिन्न सङ्घ सङ्गठन खोल्न पाइएको हो प्रजातन्त्रको मूल्य मान्यतालाई केन्द्रमा राखेर काम गर्नुहोस् ।” वन तथा भू–संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले निजामती कर्मचारीको मुख्य काम सरकारले बनाएको नीतिलाई कार्यान्वयन गर्ने भएको हुँदा सोहीअनुसार काम गर्न आग्रह गर्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) विभागीय कार्यसमितिका अध्यक्ष खगेन्द्र दुलाल, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)का केन्द्रीय महासचिव जितबहादुर मडैलगायतले अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका