Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विवाह गर्दा राशि किन मिलाउने – Gaule Khabar

विवाह गर्दा राशि किन मिलाउने

विवाह गर्दा राशि किन मिलाउने

चितवन,माघ २०-

धार्मिक ग्रन्थअनुसार मानिसको ग्रह तथ राशी अनुसार मानिसको व्यवहार तथा बानी व्यहोरा हुन्छ । एक अर्काको स्वभाग नमिन्दा उनीहरुबीच मनमोटाव भइरहन्छ । सो कारणले श्रीमान श्रीमतीसँगको सम्बन्ध राम्रो नराम्रो हुन पनि सक्छ । एक आपसमा झगडा परिरह्न्छ । यस्तो तव हुन्छ तपाईहरुको ग्रह अनुसारको स्वभावमा मेल खाँदैन ।

त्यसैले विवाह गर्नुअघि केटा केटी दुबैको कुण्डली भिडाइन्छ । मानव जीवन तथा पति पत्निवीचको सम्बन्धमा तनाव ल्याउने विभिन्न तत्वहरुमध्ये राशि पनि एक प्रमुख तत्व हो । पति पत्नीबीचको तनावका कारण राशि पनि हुन सक्छ । आउनुहोस् जान्नुहोस् तपाईको कस्तासँगको सम्बन्ध राम्रो र नराम्रो हुन्छ । यसबाट तपाईंले कस्तासँग विवाह गर्न हुँदैन भन्ने सहजरुपमा थाहा पाउन सक्नुहुने छ ।

मेष राशिः यस राशिका मानिस बहुत साहसी, स्वतन्त्र तथा भावुक हुने गर्छन् । यसकारण मेष राशि भएकाले वृष राशि भएकासँग विवाह कहिले पनि गर्न हुँदैन । किनकी वृष राशि भएकाहरु सम्बन्धमा त्यति रुचि राख्दैनन् । जबकि मेष राशि वाललाई यस्तो गर्न मन पर्छ ।

वृष राशिः यस राशिका मानिस प्राक्टिकल तथा इमान्दार हुन्छन् । यस राशिको धनु राशि वालासँगको सम्बन्ध राम्रो हुँदैन । धनु राशि वाला मानिस जिम्मेवारीबाट पछि भाग्छन् ।

मिथुन राशिः यो राशि भएका मानिस वफादार तथा मोज मस्ती गर्ने प्रवृत्तिका हुन्छन् । यी राशिभएकाहरु आफ्नो जिन्दगीमा सधै नयाँ गर्ने बारेमा सोच राखिरहेका हुन्छन् । यी राशिका लागि मकर राशि भएका मानिस सही मान्दिैनन् । किनकी मकर राशिका मानिस मिथुन राशि भएकाहरुलाई उत्तेजित गर्न सक्दैनन् । मकर राशिका मानिस समय अनुसार हिड्न मनपराउँछन् । जहाँ मिथुन राशिका मानिस ‘जे पर्छ टर्छ’ भन्ने प्रकृतिका हुन्छन् ।

कर्कट राशिः यस्ता राशि भएका मानिस सहयोगी हुन्छन् । यस्तो राशि भएका कुम्भ राशि भएकाको सम्बन्ध धेरै खराब हुन्छ । कुम्भ राशिका मानिस स्वतन्त्र खालका हुन्छन् । जसका कारणले कर्कट राशि भएका मानिस कुम्भ राशि भएका मानिस आवश्यक हुन्न ।

सिंह राशिः सिंह राशि भएका मानिसमा आत्मविश्वास धेरै हुन्छ । साथै यो राशिका मानिस आकर्षक पनि हुन्छन् । सिंह तथा वृश्चिक राशि भएका मानिसको सम्बन्ध त्यति राम्रो हुँदैन । किनकी वृश्चिक राशि भएकाहरु जिद्दी तथा ईष्र्यालु स्वभावका हुन्छन् । जसलाई सिंह राशिवाला मन पर्दैन ।

कन्या राशिः यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । कन्या राशि भएकाहरु हेरचाह जीवन जिउन चाहन्छन् । तुला तथा कन्या राशिका व्यक्ति बीचको सम्बन्ध खासै राम्रो मानिदैन ।

तुला राशिः यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । यी राशिभएकाहरु हेरचाहमुक्त जीवन मन पराउँछन् । तुला राशिका र कन्या राशिका बीचको सम्बन्ध त्यति राम्रो हुन्न किनकी कन्या राशिका मानिस धेरै तनाव लिनेखालका हुन्छन् ।

वृश्चिक राशिः यस राशि भएमा मानिस माथि सजिलैसँग विश्वास गर्न सकिन्छ । यसको विरोधी राशि मेष हो । किनकी मेष राशि भाएका मानिसलाई रिस चाडै आउँछ । वृश्चिक राशि वालाको प्रेम पूर्ण वातावरण भएको माहोल मन पर्छ ।

धनु राशिः यस राशिका मानिसमा उर्जा धेरै हुन्छ । र यी राशि भएका मानिस बहुत सकारात्मक हुन्छ । यसको तथा वृष राशिको जोडी सही मानिदैन । किनकी वृष राशिका मानिस यति धेरै उत्साही हुन्न तथा आफ्ना व्यावहारिक जीवनमा व्यस्त रहन्छन् ।

मकर राशिः यो राशि भएका मानिस इमानदर, वफादार तथा महत्वाकांक्षी हुन्छन् । यसका सबैभन्दा खराव जोडी मिथुन राशि भएका मानिस हुन्छन् । किनकि मकर राशि भएकाहरुमा समझदारीताको कमी हुन्छ ।

कुम्भ राशिः यस राशिका मानिस आक्रामक स्वभावका हुन्छन् । यस राशिको र कर्कट राशिको जोडी राम्रो मानिदैन किनकी कर्कट राशि भएकाहरु भावुक स्वभावका हुन्छन् ।

मीन राशिः यस राशि भएका मानिस रोमान्टिक हुन्छन र भावनालाई महत्व दिन्छन् । मीन राशि भएका र कन्या राशि भएकाहरुबीचको सम्बन्ध राम्रो हुँदैन किनकी कन्या राशि भएका हरु व्यवहारिक हुन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका