Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सीके राउतलाई सरकारकै संरक्षणः एमाले उपाध्यक्ष रावल – Gaule Khabar

सीके राउतलाई सरकारकै संरक्षणः एमाले उपाध्यक्ष रावल

सीके राउतलाई सरकारकै संरक्षणः एमाले उपाध्यक्ष रावल

टेकराज भण्डारी

अछाम, माघ १९ –

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको अखण्डता, सार्वभौमिकता तथा स्वतन्त्रताबिरुद्ध खुलेआम बोल्नेलाई सरकारले संरक्षण गरेको आरोप लगाउनु भएको छ ।

तराईलाई अलग बनाउनुपर्छ भन्दै हिड्ने सीके राउतलाई कारबाही गर्न र उनका देश बिरोधी गतिविधि रोक्न वर्तमान सरकार असफल भएको भन्दै यो अवस्थामा सरकारमा बसिरहनुको कुनै औचित्य नभएको उहाँले बताउनुभयो ।

प्रेस चौतारी अछामले आज सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारको पहिलो काम नै राष्ट्र र जनताको सुरक्षा गर्नु भए पनि सरकार देशघातिको मतियार बनिरहेको दाबी गर्नुभयो ।

नेता रावलले सरकाले आफ्नो प्रमुख काम बिर्सेर देशलाई नै झन गम्भीर संकटमा लिने काम गरिरको बताउनुभयो । प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्छु भनेको २ हप्ताभन्दा बढी वितिसक्दा पनि अझै चुनावको मिति घोषणा नभएको भन्दै पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहनु भएका रावलले आफू सरकारमा छँदा ल्याएको राष्ट्रिय सुरक्षा नीति अहिले लत्याइएको र देशको सुरक्षामा नै आँच आउने कार्य गरिरहेको आरोप लगाउनुभयो ।

संविधान जारी भएको दिनलाई कालो दिन मान्ने, संविधान जलाउने, हिमाल पहाड तराईलाई कुनै हालतमा पनि मिल्न नदिने भन्ने, जातजातिको नाममा जनतालाई भड्काउनेले देशको हित गर्न नसक्ने उहाँको भनाई छ ।

देशको प्रमुख दल निर्वाचनका लागि तयार हुनुपर्ने भन्दै देशको प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन चाहेको हो कि होइन भन्दै नेता रावलले प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।

अछाम जिल्लाका विभिन्न विकासका योजनामा आफुले चाँसो राखिरहेको बताउँदै उहाँले साँफेबगर एयरपोर्ट पिच हुने तयारी रहेको कैलाशखोला जलविद्युत आयोजनाको हराएको फाइल खोज्न लगाई अघि बढाएको र अहिले विभिन्न काम अघि बढिरहेको, अछाम दरबार, सेती लोकमार्ग, मंगलसैन, जंगलघाट सडक, चित्रे पुल, ऋषिदह र ठाँठी जोड्ने पुल, दर्ना पुल, सदरमुकाम व्यवस्थापन, नगरपालिकामा विकासका पूर्वाधार लगायतका क्षेत्रमा आफुले चाँसो देखाइरहेको र अन्य सरोकारवालाले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका