Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनका गाउँ–गाउँमा मालपोत र नापीको सेवा विस्तारः खैरहनीमा पनि उद्घाटन – Gaule Khabar

चितवनका गाउँ–गाउँमा मालपोत र नापीको सेवा विस्तारः खैरहनीमा पनि उद्घाटन

चितवनका गाउँ–गाउँमा मालपोत र नापीको सेवा विस्तारः खैरहनीमा पनि उद्घाटन

चितवन,माघ १८-

पुर्वी चितवनको खैरहनीमा मालपोत र नापी कार्यालयको विस्तार गरिएको छ । आज एक कार्यक्रमकाबीच भूमी सुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकाटाले कार्यालयको उद्घाटन गर्नुभयो । सोमबार मात्रै चितवनको चित्रवन र माडी नगरपालिकामा पनि मालपोत र नापी कार्यालयको उद्घाटन भएको थियो । यससंगै चितवनमा अब ४ वटा मालपोत र नापी कार्यालय भएका छन् । काठमाण्डौ बाहिर यती धेरै मालपोत र नापी कार्यालय हुने जिल्लामा चितवन पहिलो जिल्ला भएको छ ।

खैरहनीको मालपोत र नापी कार्यालयको उद्घाटन गर्दै सचिव देवकोटाले मालपोत र नापी सम्वेदनशील क्षेत्र भएको भन्दै जनताले सहज सेवा पाउन भन्ने उद्देश्यले सेवा विस्तार गरिएको जानकारी दिनुभयो । स्थानीय स्तरमा मालपोत र नापीले सेवा दिनु भनेको यो क्षेत्रको विकास हुनु हो, ”–उहाँले भन्नुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले मालपोत कार्यालय र नापी कार्यालयको दुरी बढी भएको भन्दै दुई कार्यालयलाई नजिक राख्नुपर्नेमा जोड दिए । मालपोत कार्यालय खैरहनी ६ मा राखिएको र नापी कार्यालय भने खैरहनी २ मा राखिएको छ ।

त्यस्तै खैरहनीको १ नम्बर वडा र ५ नम्बर वडाका स्थानियबासीले उक्त कार्यालयबाट सेवा लिन नपाउने अवस्था रहेको भन्दै त्यसको समाधानको लागी विभिन्न राजनितिक दलका नगरप्रतिनिधीले खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगाबहादुर भुजेल मार्फत सचिव देवकोटालाई ज्ञापनपत्र समेत पेश गरेका थिए ।

कार्यक्रममा भूमी सुधार तथा व्यवस्थापन विभागका महानिर्देशक टिकाराम घिमिरे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, स्थानीय बिकास अधिकारी श्रवण कुमार पोखरेल ,राप्रपा चितवनका जिल्ला अध्यक्ष रामहरी कंडेल लगायत विभिन्न दलका नगर प्रतिनिधीहरुले मन्तव्य राखेका थिए । मालपोत कार्यालय खैरहनीका प्रमुख निर बहादुर दहालको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय खैरहनीका प्रमुख प्रकाश बहादुर रावलले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका