Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निर्वाचनको मिति घोषणा नभएर सकारको विकल्प खोज्नुपर्छ : ज्ञवाली – Gaule Khabar

निर्वाचनको मिति घोषणा नभएर सकारको विकल्प खोज्नुपर्छ : ज्ञवाली

निर्वाचनको मिति घोषणा नभएर सकारको विकल्प खोज्नुपर्छ : ज्ञवाली

हेटौँडा,माघ १८-

एमाले सचिव प्रदीप ज्ञावलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण संविधान कार्यान्वयन संकटमा परेको बताएका छन्।प्रेस चौतारी नेपाल मकवानपुरले मंगलबार हेटौँडामा गरेको पत्रकार भेटघाटमा बोल्दै ज्ञवालीले संविधान कार्यान्वयनको लागि प्रधानमन्त्रीले तीनै तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गरे ।

ज्ञवालीले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे सरकारको विकल्प खोज्ने चेतावनी समेत दिएका छन् । ‘छोटो समय भएकाले प्रधानमन्त्रीले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छ’, उनले भने, ‘अब पनि ढिलाई गरे एमाले देशलाई निर्वाचनतर्फ लैजान अन्य विकल्प खोज्न बाध्य हुनेछ ।’

नेता ज्ञवालीले निर्वाचका लागि चाहिने नौ वटा कानुनमध्ये छ वटा टुंगो नलागेको भन्दै छोटो बाटोबाट कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । ‘छोटो बाटोबाट कानुन निर्माण गरी सरकारले राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ,’ ज्ञवालीले भने ।प्रचण्ड नेतृत्वको सरकारले संविधान संसोधनको नाममा विदेशी शक्ति रिझाउने काम मात्र गरेको उनको आरोप छ । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य विरोध खतिवडा, जिल्ला अध्यक्ष मुनु सिग्देललगायत नेताको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका