Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित – Gaule Khabar

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित

काठमाडौँ, माघ १७–

व्यवस्थापिका–संसद्को आजको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ ।

वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको सो विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारीलगायतले विधेयकमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा विधेयक महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपालले जैविक विविधताको संरक्षणलाई विशेष जोड दिएको उल्लेख गर्दै उहाँले दुर्लभ वन्यजन्तुको संरक्षण र तिनीहरुको अवैध व्यापार नियन्त्रण गर्न विधेयक समयसापेक्ष रुपमा ल्याइएको बताउनुभयो ।

संसद्को वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक आज साँढे २ बजे बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका