काठमाडौं, माघ १७ –
त्रिभुवन विश्वविद्यालय र त्यस मातहतका आंगिक क्याम्पसहरुमा गर्न लागिएको स्ववियु निर्वाचन विथोल्न सत्तारुढ दलकै भातृ संगठन नेबिसंघ कस्सिकएको छ ।
आगामी फागुन १४ गते निर्वाचन गर्ने तय गरी निर्वाचन कार्यतालिकासमेत प्रकाशित भइसकेको अवस्थामा नेविसंघले राजधानीका प्रमुख क्याम्पसहरुमा तालाबन्दी गरिदिएको छ ।
यो वर्षदेखि स्ववियु निर्वाचनमा उमेर हदबन्दी कायम गरिएपछि नेविसंघ आन्दोलित भएको हो । आठ वर्षदेखि स्ववियु निर्वाचन नभएर बुढो भएका विद्यार्थीहरुले स्ववियुमा उमेर हदको विरोध गरेका छन् ।
यसपटक २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको छ । पद्मकन्या, आरआर, ल, पशुपति, त्रिचन्द्र, सरस्वती, पब्लिक युथ र शंकरदेव क्याम्पसमा सोमबार तालाबन्दी गरिएको छ । तालाबन्दीका कारण क्याम्पसको कामकाज प्रभावित भएको छ ।