Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मधेशी मोर्चा–सत्तारुढ दल बैठक बिनानिष्कर्ष टुंगियो, मोर्चाको स्पष्ट धारणा नै आएनःनारायणकाजी – Gaule Khabar

मधेशी मोर्चा–सत्तारुढ दल बैठक बिनानिष्कर्ष टुंगियो, मोर्चाको स्पष्ट धारणा नै आएनःनारायणकाजी

मधेशी मोर्चा–सत्तारुढ दल बैठक बिनानिष्कर्ष टुंगियो, मोर्चाको स्पष्ट धारणा नै आएनःनारायणकाजी

काठमाडौ,माघ १७-

संविधान संशोधन विधेयक, निर्वाचन घोषणालगायत विषयमा छलफल गर्न सोमबार बसेको सत्तारुढ दल र मधेशी मोर्चाका नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरू र मधेशी मोर्चाको सहभागिता थियो ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकपछि दिएको जानकारीअनुसार बैठकमा मोर्चाको तर्फबाट स्पष्ट धारणा आएन । “पुरानै कुराहरू दोहोरिए । प्रधानमन्त्रीले संविधान संशोधन विधेयक र स्थानीय तहको चुनाव सँगसँगै लैजानुपर्छ भन्नुभयो, मोर्चाले पहिला संशोधन प्रस्ताव टुंग्याएर मात्र चुनावमा जानुपर्ने कुरा राख्यो,” श्रेष्ठले भने ।

बैठकमा प्रधानमन्त्रीले स्थानीय तहकै चुनावमा जानुपर्नेमा जोड दिएको उनले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल अहिलेको गठबन्धन टुटाउनु हुँदैन भन्ने पक्षमा छन् ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पहिला संधोशन प्रस्ताव टुंग्याएर मात्र चुनावमा जानुपर्नेमा मोर्चा दृढ रहेको बताए । मोर्चा र सत्तारुढ दल फेरि बसेर छलफल गरी सबै विषय टुंग्याउने कुरा भएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका